अर्थ

सुनकाे भाउ बढेर ७१ हजार पुग्यो
SHARES

साउन २८, २०७६

    काठमाडौं :  सुनको भाउ मंगलबार बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो। 

    यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो।   महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। 

    यता, भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन्। बिक्रेताको भने भीड लागेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन्। विश्व बजारमा सुन प्रतिआउन्स ०.६४५  १ हजार ५२६.८५ डलर सम्म पुगेको छ । यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ३८१.०७ डलरसम्म पुगेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]