|

काठमाडौं : देशभर चोरीका घटनामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक २०७५/७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो। 

मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ। साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ। यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको हो। 

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताउँछन्। उनले भने, ‘दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ।’

प्रहरीले आर्थिक वर्ष २०७४/७५ मा चोरीका घटनामा एक हजार ६२८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो। 

उपत्यकामा ८८८ विरुद्ध मुद्दा दायर 

काठमाडौँ उपत्यकामा चोरीका घटनामा ८८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। उपत्यकामा आर्थिक २०७५/७६ मा उक्त व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा साधारण चोरीमा ६७९, मोटरसाइकल चोरीमा ५१, नकबजनी चोरीमा ३६, डाँका चोरीमा ८७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। 

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विगतका वर्षहरुमा भन्दा उपत्यकामा सङ्गठित रुपमा हुने चोरीका घटनामा कमी आएपनि साधारण चोरीका घटनामा भने कम नआएको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.