खेलकुद

सन्दीप लामिछानेलाई दियो अमेरिकी दूतावासले भिसा
SHARES

साउन २८, २०७६

    काठमाडौं : अन्तत: अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको दूतावासले 'रिभ्यु' का लागि बोलाएर भिसा दिएको हो। 

    आफूलाई भिसा दिएको पुष्टि सन्दीप स्वयम्ले ट्‍विटरबाट गरेका छन्। दूतावासले सन्दीपलाई भिसा दिएको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन्।

    २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप भिसाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए। तर उनलाई दूतावासले भिसा दिन अस्विकार गरेको थियो।

    राष्ट्रिय क्रिकेटरका रुपमा सन् २०१६ देखि देश-विदेशका विभिन्‍न लिग खेलिसकेको क्रिकेटरको भिसा दिन दूताासले अस्वीकार गरेपछि  सामाजिक सञ्‍जालमा चर्को आलोचना भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]