समाज

सामुदायिक विद्यालयमा 'स्यानेटरी प्याड' सहितको एटिएम मेशिन जडान

साउन २८, २०७६

    कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले विद्यालय र स्वास्थ्य चौकीमा स्यानेटरी प्याडसहितको एटिएम मेशिन जडानको कार्य प्रारम्भ गरेको छ। नगरपालिका क्षेत्रमा रहेका २४ वटा सामुदायिक विद्यालय र नौवटा स्वास्थ्य संस्थामा गरी ३३ स्थानमा स्यानेटरी प्याडसहितको एटिएम जडान गर्ने कार्य शुरु गरिएका हो।

    रजस्वला हुँदा छात्रा विद्यालय आउने क्रम निकै कम थियो नगर प्रमुख अशोककुमार चन्दले बताए। उनले भने, ‘स्यानेटरी प्याडसहितको एटिम जडान गरिएपछि सहज रुपमा छात्रा विद्यालय आउने छन। छात्राको विद्यालय आउने दर बढाउनका लागि यसले सहयोग गर्ने छ।’ 

    'रजस्वला हुनेहरूले फोहर कपडाको प्रयोग गर्दा संक्रामक रोग सर्ने डर समेत हुन्थ्यो', उनले भने, ‘मेशिन जडानपछि प्याडको प्रयोग गर्ने छात्रालाई रोग सर्ने क्रमबाट समेत मुक्ति मिल्ने छ।’ स्वास्थ्य चौकीमा समेत सेवाग्राही महिलालाई लक्षित गरी मेशिन जडान गरिएको उनको भनाई रहेको छ।

    विद्यालय र स्वास्थ्य चौकीमा यति धेरै स्यानेटरी प्याड सहितको मेशिन जडान गर्ने नगरपालिका मध्ये बेदकोट नगरपालिका देशमै पहिलो हो। विद्यालय र स्वास्थ्य चौकी सँगै नगरपालिका कार्यालयमा समेत स्यानेटरी प्याडसहतिको एटिम मेशिन जडान गरिएको छ। स्यानेटरी प्याडसहितको एटिएम मेशिनका लागि नगरपालिकाले २५ लाख तीनहजार ७४४ रकम खर्च गरेको छ।

    स्यानेटरी प्याडसहितको एटिएम मेशिनबाट प्याड निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरिएको छ। स्यानेटरी प्याडसहितको एटिम सेवाको मंगलबार नगर प्रमुख चन्दले भुवनेश्वरी माध्यमिक विद्यालय सिसैयामा उद्घाटन समेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]