समाज

पति-पत्नीको झगडा छुट्याउने महिलाको मृत्यु

साउन २८, २०७६

    नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिका १ दाङसिंहमा पति-पत्नीको झगडा छुट्याउने गएकी महिलाको मंगलबार मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ। 

    प्रहरी प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार त्यही स्थानका मेघबहादुर तामाङ र उनकी पत्नी चिनीमायाबीच सोमबार विवाद भएको थियो। विवादपछि चिनीमायाँ बच्चासहित लालमायाको घरमा बास बस्न गएकी थिइन्। तर उक्त घरमा नै पत्नीलाई फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए।

    पति-पत्नीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमाया आफ्नै घरको आँगनमा लडेर बेहोस भएकी थिइन्। उपचारका लागि मंगलबार जिल्ला अस्पताल त्रिशलीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरिदिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]