|

काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण गरेको चलचित्र 'हिरो नं. १' को तेश्रो गीत सार्वजनिक भएको छ। आफैँले सञ्चालन गरेको युट्युब च्यानल मोबाइल टिभीमार्फत "के गर्नु मंगले आफ्नै ढंगले" बोलको तेश्रो गीत सार्वजनिक भएको हो।

सूर्य रुम्बाको शब्द, संगीत तथा स्वरसमेत रहेको उक्त गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजीव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेतलगायत धेरै कलाकारको संलग्नता रहेको देख्न सकिन्छ।

भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायांकनलाई सुदीप पाण्डेले सम्पादन गरेका हुन्। रोमान्सदेखि द्वन्द्वका खतरनाक दृष्यसमेटिएको भिडियो अत्यन्तै मनोरञ्जक बनेको छ। नायिका जाहान्वी बस्नेतले भिडियोमा फाइट गरेकी छिन्।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.