|

बुटवलः प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन्। उच्च अदालतका मुख्यन्यायाधीश रमेश पोखरेलले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमका बीच आयोगका अध्यक्षलाई सपथ दिलाएका हुन्। 

अध्यक्ष भट्टराईलाई मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले साउन २३ गते नियुक्त गरेका थिए। सन्धिखर्क नगरपालिका १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई प्रदेश लोक सेवा आयोगको अध्यक्ष बन्नु अघिसम्म महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख थिए। 

शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख झा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेशका सबै मन्त्री, प्रदेशका प्रमुख सचिव, योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयका सचिवसहित उच्च अधिकारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.