|

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पानी तान्ने मोटर चलाएर पक्की घर सरसफाई गर्ने क्रममा मासु पसल व्यवसायी ३८ वर्षीय नुरमहम्मद देवानलाई आइतबार साँझ करेन्ट लागेको थियो।

बकर इदका लागि सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.