|
फाइल फोटो

भारत सरकारले श्रीनगरको सौरा क्षेत्रमा अघिल्लो शुक्रबार दिउँसोको नवाजपछि प्रदर्शन भएको स्वीकार गरेको छ। भारतीय गृहमन्त्रालयले ट्विट गर्दै उक्त कुरा स्वीकार गरेको हो।

भारतीय गृहमन्त्रका प्रवक्तामार्फत जारी गरेको ट्विटमा भनिएको छ 'मिडियामार्फत श्रीनगरको सौरा क्षेत्रमा प्रदर्शन भएको खबर आएको छ। ९ अगस्टका दिन स्थानीय मस्जितमा नवाजपछि मानिसहरू फर्किंदै थिए। उनहरूसँग केही केही प्रदर्शनकारी पनि सामेल थिए। अशान्ति फैल्याउनका लागि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरे। तर सुरक्षाकर्मीले सयमता अपनाएर कानुनी व्यवस्थालाई कायम राख्ने खोशिस गरेर। र हामी दोहोर्‍याउन चाहन्छौँ ३७० अनुच्छेद खारेजपछि यहाँ एकपटक पनि गोली चलेको छैन।'

यसअघि बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले शुक्रबार श्रीनगरमा ठूलो विरोध प्रदर्शन भएको उल्लेख गरेका थिए। सञ्चार माध्यमहरूले प्रदर्शनका क्रममा अश्रुग्यास र हवाइ फायरका साथै प्लास्टिकको गोली प्रयोग गरेको बताएका थिए।

यद्यपि सरकारले भने यसलाई अस्वीकार गर्दै आएको थियो। भारत सरकारले यस्तो ठूलो कुनै पनि प्रकारको प्रदर्शन नभएको बताएको थियो। तर कतारी सञ्चार माध्यम अलजजिरा र बिबिसीका एक्सक्लुसिब भिडियोमा ठूलो संख्यामा सडकमा प्रदर्शनकारी उत्रेको देखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.