अर्थतन्त्रमा नकारात्मक प्रभाव

|

काठमाडौं : सुनको मूल्य मंगलबार पनि एक हजार रुपैयाँले वृद्धि भएपछि फेरि नयाँ रेकर्ड बनेको छ। मूल्यले निरन्तर नयाँ उचाई कायम गर्दै जाँदा कारोबार भने शून्य प्रायः भएको गुनासो व्यवसायीको छ।

  • एक वर्षमा : १२ हजार ६००
  • एक महिनामा: ६ हजार ५००
  • र एक हप्तामा तीन हजार

यो मूल्यमा भएको वृद्धिदरको हो। गत वर्ष स्थानीय बजारमा सुनको मूल्य ५८ हजार ४०० रुपैयाँ थियो भने गत महिनामा ६४ हजार ५०० रुपैयाँ र गतसाता ६८ हजार रुपैयाँ थियो। तर मंगरबार भने छापावाल सुनको मूल्य ७१ हजार रुपैयाँ रहेको छ।

अमेरिका-चीनको व्यापार युद्ध, अमेरिकाले घटाएको व्याजदरलगायतका कारणले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको छ। यसको प्रभाव नेपाली बजारमा देखिएको हो।

किन्‍ने होइन बेच्‍न पुग्छ सुन पसल

मूल्य बढ्दै गएपछि सुन व्यवसायीहरू भने पसल नै बन्द गरेर आराम गर्न थालेका छन्। निरन्तर सुन बेच्‍न मात्रै आउन थालेपछि कारोबारमा समस्या परेको उनीहरूको गुनासो रहेको छ। चाड पर्वको अवसरमा दैनिक २५ देखि ३० केजी सुन बिक्री हुने गरेकोमा अहिले दिनको एक केजी सुन बेच्‍न पनि समस्या भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्‍य बताउछन्।

शाक्यका अनुसार अहिले १० जना ग्राहक पसलमा आउँदा आठ जनामा सात जना बेच्‍ने दुई जना पुरानो गहनालाई नयाँ आकार दिने र एक जना किन्‍न‍े आउने गरका छन्। यस हिसाबले ७० प्रतिशत ग्राहक सुन बेच्‍नेको लागि पसल पुग्ने गरका छन्। कारोबार नै हुन छोडेपछि कालीगढलाई तलब खवाउनसमेत समस्या परको उनको तर्क रहेको छ।

बैंक र व्यवसायीसँग थुप्रियो १५ सय केजी सुन

मूल्य निरन्तर बढेपछि सुन पसल र बैंकहरूमा सुनको स्टक बढेको छ। व्यापारीहरूलाई सुन उपलब्ध गराउने बैंकहरूमा अहिलेसम्म करिब ७०० केजी सुन थुप्रिएको छ। त्यस्तै बैंकबाट र उपभोक्ताबाट किनेको सुनसमेत गरी व्यवसायीसँग ८०० केजीभन्दा बढी सुन थुप्रिएको बताउँछन् उपाध्यक्ष शाक्य।

'स्टक बढ्दै गएको पाइएको छ। मंगलबारसम्म ६४२ केजी सुन बैकरुमा स्टक देखिन्छ' नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने। त्यस्तै नेपाल सुनचादी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य भन्छ ‘दिनदिनै पसलमा स्टक बढ्दलै गएको छ, बैकबाट सुन नल्याए पनि उपभोक्ताले लिएको सुन सकेसम्म राख्ने गरका छौँ, अहिलेसम्म ८०० केजीभन्दा बढी सुन पसलहरूमा स्टक रहेको अनुमान छ।’

सुन थुप्रिदाको कस्तो प्रभाव?

ठूलो रकम अनुत्पादक भएर बस्ने कारणले अर्थतन्त्रमा यसको प्रभाव देखिने राष्ट्र बैकका प्रवक्ता निरौलाल बताउँछन्। ‘सुन किन्नको लागि ठूलो रकम गएको हुन्छ, तर स्टक भएर बसेपछि चलयमान हुन पाउँदैन’ निरौलाले भन् 'ठूलो रकम गदमा परिणत हुन नपाइ अनुत्पादक भएर बस्दा अर्थतन्त्रमा यसकै प्रभाव देखिन्छ।’

अर्थविद् डा. चन्द्रमणि अधिकारी ठूलो  राजस्वमा चाप पर्नुका साथै अवैधानिक कारोबार बढ्ने बताउँछन्। उनले कारोबार सुस्तता आउँदा उपभोक्ताले सुनको प्रयोग गरी ऋण लिन नपाउनुले बजारमा समस्या सिर्जना हुने उनको भनाइ छ।

‘प्रत्यक्ष प्रभाव त्यति ठूलो देखिदैन, तर अप्रत्यक्ष प्रभाव बढी हुन्छ’ अधिकारीले भने ‘एकातर्फ अवैधानिक कारोबार बढ्छ भने अर्कोरतर्फ सुन राखेर रकम निकाल्छु भनेर सर्वसाधरणले चाहदा त्यस्तो ऋण पाउँदैन।’

उनले यस्तो अवस्थामा बजार अनुगमनका साथै भन्सारमा सरकारले विशेष चासो देखाउनु पर्ने बताउँछन्। व्यवसायी शाक्य भने कारोबार नहुँदा कामदारलाई तलब दिनसमेत समस्या पर्ने गरेको गुनासो गर्छन्। उनले बिक्री नभएको शेयर नेपाल स्टक एक्सचेन्जमा लगेर बेच्‍न पाए जस्तै सुनमा पनि एक्सेन्ज गरी गरी संयन्त्र बनाउनु पर्ने बताउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.