|

बोस्टन : अमेरिकाको ओहायोको फेयरफिल्ड प्रहरीले शुभा कट्टेललाई श्रीमानको हत्या आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार ४३ वर्षीया शुभाले उनका श्रीमान ५३ वर्षीय टीका कट्टेललाई सोमबार अपराह्न ३ः१३ बजे सिग्मन वेस्थितस्थित निवास गोली हानेकी हुन्। गोली प्रहारबाट घाइते टीकालाई युनिभर्सिटी अफ सिन्सिन्याटी मेडिकल सेन्टर पुर्‍याइएको थियो। अस्पताललाई उनलाई सोमबार मृत घोषित गरेको छ।

प्रहरीका अनुसार टीकाकी आमा बिरामी भएकाले नातेदारहरू आएका थिए। पाहुनामध्ये सुवास कट्टेलको कम्मरमा ग्लोक १९ हाते–बन्दुक (ह्यान्ड–गन) थियो। शुभाले बन्दुक देखिन्, र बन्दुक निकाल्दै सोधिन्, ‘यो खेलौना हो वा साँच्चैको बन्दुक?’ सुवासले भन्न नभ्याउँदै शुभाले बन्दुकको घोडा थिचिन्। गोली टीकालाई लाग्यो।

‘९११ मा फोन आयो, फोन गर्नेले भन्दै थिए, मेरो बुबालाई गोली लाग्यो। तर यो जानीजानी गरिएको होइन।’ फोन गर्ने अर्को मान्छेले पनि यसलाई अन्जान भएको घटना भनेको थियो। प्रहरी घटनास्थलमा पुग्दा हल्लाखल्ला थियो। 

सन् १९६१ डिसेम्बर १ मा भुटानको गेलेफूमा जन्मेका कट्टेललाई नेपालको झापास्थित गोलधाप शरणार्थी शिविरमा बसाइएको थियो। उनी सन् २००९ मा न्यु ह्याम्सरको राजधानीमा पुनर्वासमा आएका थिए। उनी सन् २०१६ मा सपरिवार ओहायोको सिन्सिन्याटी सरेका थिए । उनको अन्तिम संस्कार बिहिबार राखिएको छ। 

शुभालाई मंगलबार अदालतमा उपस्थित गराइयो। उनको अर्को सुनुवाई अगस्त २१ का लागि तोकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.