|

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी गरिरहेको नेपाली महिला टिमले किर्गिस्तानमा आयोजना हुने नादेझदा कप फुटबल खेल्ने भएको छ।

आयोजक किर्गिस्तानले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा घरेलु टोली किर्गिस्तानसँग भदौ २२ मा प्रतिष्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा नेपालले भदौ २३ मा उज्वेकिस्तान र भदौ २४ मा ताजिकिस्तानको सामना गर्ने छ।

लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्। यस्तै, तेस्रो र चौथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल २६ भदौमा हुनेछ। अखिल नेपाल फुटबल संघले यस प्रतियोगितालाई नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी खेलका रुपमा समेत लिएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.