राजनीति

सत्तारुढ नेकपाको सचिवालय बैठक फेरि स्थगित
SHARES

साउन २९, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । 

    स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै रहँदा पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक भोलिका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर विवाद भएको। त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले बताएका छन्। 

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएकै भोलिपल्ट साउन २८ गतेका लागि तोकिएको बैठक आजका लागि सारिएको थियो । नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन । 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]