समाज

माई खोलामा एक व्यक्ति मृत फेला
SHARES

फाइल फोटो
साउन २९, २०७६

    भद्रपुर : झापाको माई खोला एक व्यक्ति बुधबार बिहान मृत अवस्थामा फेला परेको छन्। प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका १० स्थित माईखोलाको पुलदेखि एक सय मिटर दक्षिण खोलामै सोही नगरपालिका माइधार बस्ने ५५ वर्षीय सपन चौधरी मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

    माइखोलामा मान्छे मृत फेला परेको भनी स्थानीयले देखेर अस्थायी प्रहरी चौकी माइधारमा खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]