|

मुजफराबाद (पाकिस्तान) : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मीरको भ्रमण गरेका छन्। प्रधानमन्त्री खानले कश्मीर भ्रमणपछि नयाँ नीति घोषणा गर्ने सम्भावना छ।

भारत सरकारले भारत प्रशासित जम्मु-कश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्‍न दुई मुलुकबीच तनावको स्थिति छ। पाकिस्तानले भारतको यस कदमविरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ। 

पाकिस्तानले भारतीय कदमबारे आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदसमक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ।

पाकिस्तानले दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ। विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुने छैन।

यसै साताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए। 

अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो। दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा लाखौं मानिस मारिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.