|

काठमाडौं : धादिङको बेसी शहरमा सिदार्थ बैंकले शाखा संचालनमा ल्याएको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैकिङ् सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

बैकिङ् प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैकिङ् सेवा संचालन गरेको छ। 

सबैक्षेत्र र वर्गसम्म बैकिङ् सेवाको पहुँच पुर्‍याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैकिङ् सेवा एक हजार ३०० एटिएम मेसिनबाट कारोबार गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.