कूटनीतिक पहल गर्न सरकारलाई आग्रह

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले भारतले नेपालको ठूलो भू-भाग मिचेको बताएका छन्। संघीय संसदको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा रावलले उक्त कुरा बताएका हुन्। 

 नेपालको ठूलो भू-भाग भारतको अतिक्रमणमा परेको भन्दै रावलले समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए।

विशेषज्ञहरुलाई उधृत गर्दै उनले नेपालको ६ सय ६ वर्ग किलोमिटर भू-भाग अतिक्रमण परेको उल्लेख गरे। '७१ स्थानमा सीमा विवाद देखिएको छ', उनले भने, 'दशगजाका विभिन्‍न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने क्रम जारी छ।'

त्यसैगरी  सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भारतबाट भएको पनि उनले जानकारी दिए। 'पानीको प्राकृतिक वहाव रोकिने गरि संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनि ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको छ', उनले भने, 'सीमा विवाद सुल्झाई अतिक्रमण रोक्नेतर्फ सरकार लाग्नुपर्‍यो।'

नेपाल-भारत सीमाविवाद, अतिक्रमण र डुबान लगायत समस्याबारे भएको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरि डुबानसहितका समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.