|
फाइल फोटो

तुलसीपुर : जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा बिदा दिइने भएको छ। हिन्दुहरूको महत्त्वपूर्ण चाडका रूपमा रहेकाले सरकारले बिदा कटौती गरे पनि स्थानीय बिदा समायोजन हुने गरी बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए।

संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा बिदा दिइएको जानकारी गराए। 'विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको बोध गर्दै बिदा दिएका हौँ' संयोजक विकले भने। शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा बिदा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.