राजनीति

नेकपा सचिवालयको बैठक आज
SHARES

साउन ३०, २०७६

    काठमाडौं : लगातार दुई पटक स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। 

    बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

    नेकपामा स्कूल विभागमा टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ। उक्त विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहितले दाबी गर्दै आएका छन्। महिला, युवा र मजदुर विभागमा पनि नेताहरुबीच कुरा मिल्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]