|

बलिउडका चर्चित कलाकारहरू एकसाथ अभिनय गरेको देखिने भएका छन्। 

बलिउडका  कलाकारहरू अमिताभ बच्चन, शाहरुख खान, अमिर खान, ऐश्वर्या राय, रणवीर कपूर, कार्तिक आर्यन र टाइगर श्राफले एक गीतमा मोडलिङ गर्ने भएका छन्। उनीहरू  एक देशभक्ति गीतमा एकैसाथ अभिनय गर्ने भएका हुन्।

गत फेब्रुअरीमा जम्मु-काश्मिरको पुलवामामा भएको आत्मघाती आंतकवादी हमलामा निधन भएका सेनाप्रती समर्पित रहेको बताइएको छ।

बुधबार उक्त गीतको पोस्टर रिलिज गरिएको छ। जसमा सबै कलाकारहरूले ज्यान गुमाएका सेनालाई सलाम गरेको देख्न सकिन्छ। पोस्टर सीआरपिएफ इण्डियाको आधिकारीक ट्विटर ह्याण्डलबाट सार्वजनिक गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.