|

ताप्लेजुङ : ताप्लेजुङमा बिहीबारदेखि सुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब इलाम बिजयी भएको छ। घरेलु टिम पोमु केछाङ स्पोटिङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै इलाम विजयी भएको हो। 

इलामले खेलको सुरुदेखि नै दबावमा राखेको थियो। पहिलो हाफको ८ औँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो। यस्तै खेलको १७ औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार २ गोल गरे। दोश्रो हाफमा दुवै टिमले गोल गर्न सकेन। ताप्लेजुङले जित हासिल गर्ने लक्षका साथ तीन जना विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो।

आइभेरी कोष्टका याओ कोवासी,सायरा डाई र एलेक्स इक्वेल थिए। इलामले पनि २ जना विदेशी खेलाडीलाई समावेश गरेको थियो। आजको म्यान अफ दि म्याच रेडहर्ष इलामका जर्सी नम्बर ७ का फोफोना घोषित भएका छन्। यसैबीच शुत्रवार हुने खेलमा ताप्लेजुङ ११ (आयोजक) र बेलबारी फुटबल क्लब मोरङबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ। 

पूर्वकै बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताको आजै उद्घाटन भएको हो। भदौ ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भारतको समेत गरी १० टिमको सहभागिता छ। 

प्रतियोगिताको बिजेताले ३ लाख ११ हजार नगदसहित रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने छ। यस्तै उपबिजेताले १ लाख ५१ हजार नगदसहित ट्रफी पाउने छ। प्रशिद्ध तीर्थस्थल पाथीभराको प्रचार–प्रसार गर्ने र खेलकुदका माध्ययमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक लोखजात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.