|

भारत र पाकिस्तानको नियन्त्रित सीमा क्षेत्रमा दोहोरो भिडन्त हुँदा तीन पाकिस्तानी र पाँच भारतीय सुरक्षाकर्मी मारिएका कतारी सञ्चार माध्यम अल-जजिराले जनाएको छ।

बिहीबार पाकिस्तानका सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफूरले ट्विट गर्दै नियन्त्रित सीमा रेखामा दोहोरो झडप हुँदा दुवै पक्षका गरी आठ सुरक्षाकर्मी मारिएको बताएका छन्।

उनले उक्त भिडन्तमा मारिएका तीनजना सैनिक तस्विर राख्दै ट्विट गरेका छन्। उनले पाकिस्तनी सेनाका लन्च नायक तोइमूर, नायक तनभिर, सेपोइ रमाजनको मृत्यु भएको उल्लेख गरेका छन्।

उनले ट्विटमा भारत सरकारलाई आफ्नो ध्यान कश्मीरभन्दा बहिर हटाउन गोलीबारी गर्दा आफ्ना तीन जना सैनिकको जान गएको बताएका छन्। उनका अनुसार जवाफी कारवाहीमा भारतीय पक्षका पाँच सैनिक पनि मारिएको र अन्य कैयौँ घाइते भएका छन्।

 

भारतले जुम्मू कश्मीरको विशेष अधिकार खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। पाकिस्तानले मोदी सरकारको निर्णय एकपक्षीय भएको भन्दै विरोध जनाइरहेको छ। यसै विषयलाई लिएर भारतसँग पाकिस्तानले कूटनीतिक सम्बन्धलाई कम गर्नुका साथै आफ्ना दूतहरूलाई फिर्तासमेत बोलाएको छ।

केही दिन अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विटमार्फत मोदी सरकार हिटलरको बाटोमा हिँडिरहेको आरोप लगाएका थिए। उनले जातीय हत्याका माध्यमबाट कश्मीरको भूराजनीति परिवर्तन गर्न भारत उद्धत् भएको भन्दै आफू यसबाट चिन्तित भएको बताएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.