|

बर्दिया : नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनमा गत वर्षको कार्य सम्पादनमा देशभरका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको छ।

अर्थिक वर्ष २०७५/७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्लामध्ये जिल्ला प्रहरी कार्यालयसहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। बर्दियाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विपद व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमनलगायतका काममा बर्दिया जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए।

झण्डै १४ महिनाअघि बर्दिया आएका कुरुम्बाङले बर्दिया बसाइका क्रममा काम गर्दा सबैबाट ठूलो सहयोग प्राप्त भएको बताए। प्रजिअ कुरुम्बाङले आफ्ना सहकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण बर्दियावासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताएका छन्। बर्दियावासीको सहयोगका कारण देशभरमै पहिलो जिल्ला हुन सफल भएकोमा गौरवान्वित भएको समेत उनले बताए। प्रजिअ कुरुम्बाङ ‘इन्टिग्रिटी आइडल २०१८’ बाट ६ महिनाअघि विजेता भएका थिए।

प्रजिअ कुरुम्बाङले आफूमा नागरिकप्रति अझैँ बढी जिम्मेवारी थपिएको बताउँदै यस प्रकारको सम्मानले नागरिकको हितमा काम गर्ने हौसला मिलेसंगै काँधमा थप जिम्मेवारी समेत थपिएकाले अझ गम्भीर भएर नागरिककै हितका लागि काम गर्नु पर्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.