|

उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता नगर्ने भएको छ। 

दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित उत्तर कोरियाले  दक्षिणका राष्ट्रपतिको सम्बोधन पछि यस्तो प्रतिक्रिया दिएका हो। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ।

 दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन ले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने भन्ने अभिव्यक्ति दिएका थिए। त्यसको प्रत्तिउत्तरका रुपमा उत्तरले अब  दक्षिणसँग वार्ता नगर्ने बताएको हो।  उत्तर कोरियाले वक्तव्य निकाल्दै मा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले ट्रम्प तथा मुन जे(इनसँग उसको सहमति तोडेको उल्लेख छ।

दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु भएको थियो। ती अभ्यासहरू मुख्यत कम्प्युटर सिम्युलेशनमा आधारित भएको बताइन्छ। तर त्यस्ता अभ्यासलाई उसले युद्धको तयारी भन्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.