|

दैलेख : महाबु गाउँपालिका–२ मान्मामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा चालक रमेश केसीसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। जिप सडकमा चिप्लिएर करिब १०० मिटर तल खसेको स्थानीयले बताए। 

गम्भीर घाइते चालक केसीसहित अन्य सबै घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए। घाइत हुनेमा तीन जना बालबालिका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.