चक्काजाम गर्न उत्रिएका पाँचजना पक्राउ

|
चितवन प्रहरी कार्यालय अगाडि उत्रिएका प्रदर्शनकारी

चितवन : पत्रकार शालिकराम पुडासैनीको साउन २१ गते भएको आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न मागसहित चितवनमा प्रदर्शन भएको छ। 

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। उनीहरुले नाराबाजीसहित प्रर्दशन गरेका बताइएको छ। 

प्रहरीले बिहीबार लामिछानेसहित अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याइसकेको छ । उनीहरुलाई मध्यराति चितवन ल्याएर स्वास्थ्य परीक्षणपछि हिरासतमा राखिएको छ।

तीनैजनाविरूद्ध जिल्ला अदालतबाट चितवनबाट शुक्रबारै म्याद थप गरी अनुसन्धान अघि बढाइने चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

यसैबीच लामिछानेको समर्थनमा भरतपुरस्थित चौबीसकोठीमा चक्का जाम गर्न उत्रिएका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुर बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले कडा निगरानी गरिरहेको छ। लामिछानेका समर्थहरु चोक र सडकमा भेला भएपछि प्रहरीको सतर्कता पनि बढाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.