|

काठमाडौं : काठमाडौं उपत्यकासहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा गाईजात्रा पर्व मनाइदैछ।

भदौ कृष्ण प्रतिपदाका दिन मनाइने गाइजात्राको सुरुवात मल्लकालमा भएको हो। शोकमग्न बनेकी रानी अनन्तप्रियाको मन बहलाउन जति प्रयास गर्दा पनि नसकेपछि राजा प्रताप मल्लले ‘हाम्रा मात्र होइन, दुनियाँका सन्तान मरेका हुन्छन्’ भन्ने देखाउन ‘गाईजात्रा’ पर्वको आरम्भ गरेका हुन्।

सोही दिनको सम्झनामा आज गाईजात्रा मनाइँदैछ। काठमाडौंको बसन्तपुरमा पनि यो जात्रा धुमधामका साथ मनाइएको छ। वर्षदिनभर दिवंगत भएकाका आफन्तजन बसन्तुपुरमा जम्मा भएका थिए।

गाईजात्रामा सहभागीलाई ३६५ प्रकारका फलफूल, परिकार, मिठाई, दूधदही दान गरेर दिवंगत आफन्तको स्मृति गरिन्छ।

पशुपति क्षेत्रमा मृतकमध्ये ज्येष्ठको घरबाट गाईजात्राको झाँकीसहित लाखे नाचसमेत निकाल्ने प्रचलन छ। काठमाडौंबाहेक धनकुटा, नुवाकोट, बाग्लुङ, स्याङ्जा लगायतका नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा पनि गाईजात्रा मनाइँदै आएको छ।

भक्तपुरमा भने गाईजात्रा आठ दिनसम्म मनाइन्छ। यहाँ जात्राको छुट्टै रौनक हुने गर्छ। गाईजात्राका अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हास्य व्यंग्य प्रहसनको आयोजना गरिएको छ।

आज काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

तस्बिरमा हेर्नुहोस् काठमाडौंको बसन्तपुरमा गाईजात्रा मनाउन आएकाहरूः

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.