इजरायलले अमेरिकाका दुई मुस्लिम महिला सांसदलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। ती दुवै महिला सांसद इजरायल सरकारका आलोचक हुन्। सांसदद्वय इल्हान उमर र रशीदा तलैब आगामी हप्ता इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंक र पूर्वी जेरुशलमको भ्रमणमा जादै थिए। तर, इजरायलले उनीहरूको प्रवेशमा रोक लगाइदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
इल्हान उमरले इजरायलको यो कदमलाई लोकतान्त्रिक मूल्यमान्यताको अपमान र छिमेकी राष्ट्रका सरकारी अधिकारीहरूका लागि डरलाग्दो प्रतिक्रियात्मक कदम भनेकी छिन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ती महिला सांसदलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाउन माग गर्दै उनीहरूलाई इजरायलमा प्रवेश गर्न दिनु ठूलो कमजोरी हुनेछ भन्दै ट्वीट गरेका थिए।
'इजरायलले आदरणीय उमर र तलैबलाई आफ्नो देशमा प्रवेश गर्ने अनुमति दियो भने त्यो उसको ठूलो कमजोरी हुनेछ, यी दुवै सांसद इजरालयका मानिस र यहुदीहरूलाई घृणा गर्छन्। उनीहरूको सोच परिवर्तन गर्न केही गर्न सकिन्न, उनीहरूलाई फेरि चयन गर्न मिनिसोटा र मिशिगनलाई निक्कै कठिन हुनेछ, यी दुवै एक कलंक हुन्' ट्रम्पले ट्वीटरमा लेखेका थिए।
ट्रम्पको इजरायली प्रधानमन्त्री बेज्मामिन नेतन्याहुसँग राम्रो सम्बन्ध रहेको छ। ट्रम्पले ती दुवै महिला सांसदहर"माथि जातीय र"पमा आक्रमण गर्दै आफ्नो देश फर्कने कुरा गर्दै आएका थिए। रशीदा प्यालेस्टाइन मूलकी पहिलो अमेरीकि सांसद हुन्। सोमालियामा जन्मिएकी इल्हान मिनेसोटबाट सांसद बनेकी हुन्। इजरायलमाथि दिएको बयानलाई लिएर दुवैको आलोचना भएको थियो तर उनीहरूले यहुदी विरोधी भएको भनि आफूहरूमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका छन्।
इजरायलको कानुनले आफ्नो देशविरुद्ध कुनै पनि प्रकारको आर्थिक, सांस्कृतिक र शैक्षिक वहिष्कारका कुरा गर्ने व्यक्तिलाई देश प्रवेश गर्न दिंँदैन। दुवै महिला सांसद आगामी आइतबारदेखि यहुदी टेम्पल माउन्ट र मुस्लिम हरम अल—शरीफको नामबाट चिनिने जेरुशलमको सम्वेदनशील पहाडी क्षेत्रको यात्रा गर्ने तयारीमा थिए। यस यात्रामा प्यालेस्टाइनको शान्ति कार्यकर्ताहरूसँग भेट, जेरुशलम र वेस्ट वैंकको शहर बेथलेहम, रामल्ला र हेब्रोन जाने उनीहरूको योजना थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।