|

काठमाडौं उपत्यकासहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा गाईजात्रा पर्व मनाइँदै छ। दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाइन्छ। नेवार समुदायले शुक्रबार बिहानैदेखि गाईजात्रा निकालेका छन्। गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाइँदै छ।

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने तथा मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने संस्कृतकर्मी रामशेखर श्रेष्ठ बताउनुहुन्छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आज्ञा दिएपछि गाईजात्रा शुरु भएको मान्यता छ। घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरुप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ।

यता कीर्तिपुरमा गाईजात्राका दिन भिन्दै रौनक हुन्छ। विभिन्न भेषभुषा र मुकुण्डो लागाएर सजिएर कीर्तिपुरको विभिन्न चोकमा पुगेर नाच देखाउँदै यो पर्व मनाउँछन्।  यस दिन पाप गरे मृत्युपश्चात् पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा आजको दिन कसैले पापकर्म गर्न नहुने भनाइ छ। आजका दिन दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.