फरवार्ड विमल घर्ती मगरको पुनरागमन

|

काठमाडौं : मलेसियाको लिग च्याम्पियन क्लब जोहार टारुल टा–जिम एफसीसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगरले पुनरागमन गरेका छन्। माल्दिभ्सको धिवेही प्रिमियर लिगमा टिसी स्पोर्टस क्लबमा आवद्ध रहँदै उत्कृष्ट प्रर्दशन गरेपछि विमल टिममा कमव्याक गरेका हुन्। नियमित सदस्य तथा कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द टिममा अटाएका छैनन्। गोलरक्षक किरण जापानको जे लिगको क्लबमा ट्रायलमा गएका छन् भने रोहित चन्द इन्डोनेसियन लिगमा नै व्यस्त छन्।

सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसियाको दोस्रो चरणको छनोट तथा सन् २०२३ मा चीनमा हुने एएफसी एसियनकपको छनोटको पूर्व तयारीको लागि मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल मलेसियाको पसार गुडान रंगशाला जोहोर सिटीमा हुनेछ।

छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ। नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन्। नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ। त्यसैगरी सेप्टेम्बर १० मा चाइनिज ताइपेइको सामना गर्नेछ।

नेपाली टिम

गोलरक्षक : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई ‘बी’

फरवार्ड : विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.