|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्। 

शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै देश बिकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताएका हुन्। 

सानो-ठूलो जस्तोसुकै काममा तीन मुख्य पक्षको भूमिका हुने भन्दै पुर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए।

कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला ठूला काम बन्न सक्ने बिश्वाश ब्यक्त गरे। 

पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारीबिना आएको भन्दै  चिन्ता पनि ब्यक्त गरे। बोल्ने क्रममा कुन काम हतारमा आएको भन्ने स्पष्ट नगरे पनि काठमाडौँको बिकास निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीयस्तरबाट पनि काम गरिनुपर्ने उनले बताए। 

कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले सथानीय जनताले आफूले गर्न सक्ने काम पनि सरकार अउला र गरिदेला भनेर नकुर्न आग्रह गरेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.