|

ताप्लेजुङ : परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिबार ताप्लेजुङमा विभिन्न अभिनयका साथ मनाइयो। पूर्वी पहाडको मौलिक पर्वकोरुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ।

रोपाई गितको साथमा अघिअघि गोरुहली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै एक सय धेरै बालबालिका र युवायुवती जात्रामा सहभागी हुने नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए।

राणा शासनकाल देखिनै नेवार जातीले सुरु गरेको यो जात्रा अहिले आएर सम्पूर्ण ताप्लेजुङको पर्वको रुपमा विकास भएको बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.