|
फाइल फोटो

काठमाडौं : पूर्वमुख्य सचिव विमल कोइरालाले राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन्।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताए। सधैँ सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमताअनुसार काम गर्न नसकेको टिप्पणी उनले गरे।

राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको तर्क उनले गरे। उनले भ्रष्टाचार न्यूनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सबैभन्दा राजनीतिक नेतृत्वका मुहान नै सफा हुनुपर्ने बताए। उनले भने 'सुधार माथिबाटै गर्नुपर्छ। टाउकोबाटै नुहाउनुपर्छ। खुट्टा मात्रै पखालेर हुदैन।'

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दाबी उनले गरे। कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै उनले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए।

उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे। उहाँले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे। प्रदेशलाई अधिकार नदिनुलाई उनले “संघीय सरकारको हिनताबोध र लघुताबोध” भएको टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.