|
फाइल फोटो

जनकपुरधाम : अभियुक्त फरार भएको प्रकरणमा दोषी भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रहरी सहायक निरीक्षक (असई)लाई निलम्बित गरेको छ। उक्त घटनामा असई रामकुमार भण्डारीलाई निलम्बनमा परेका हुन्।

बिहीबार जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अभियुक्त सिरहा नगरपालिकाका २० वर्षीय राममणी यादव जिल्ला प्रहरी कार्यालयबाटै फरार भएका थिए। फरार भएको घटनामा असई भण्डारीको लापरबाही देखिएकोले तत्कालै निलम्बन गरिएको प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए।

‘अपराध अनुसन्धान शाखामा अभियुक्त यादबलाई प्रहरी सहायक निरीक्षक भण्डारीले लगेका थिए। तर, अभियुक्त यादव फरार भए। फरार हुनुमा प्रहरी सहायक निरीक्षक भण्डारीको लापरबाही देखिएको छ’ एसपी खनालले भने।

फरार घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर भण्डारीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको समेत उनले जानकारी दिए। केही प्रहरीको पनि लापरबाही देखिएकोले छानबिन भइरहेको उनको भनाइ छ।

सिरहा नगरपालिका घर भई जनकपुरधाम उपमहानगरपालिका ८ बलुवा टोलमा डेरा लिएर बस्दै आएर यादव एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई पुनः पक्राउ गर्न तीव्ररूपमा खोजी भइरहेको एसपी खनालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.