धेरै बढाउनमा एनआइसी एशिया र राष्ट्रिय वाणिज्य

|

काठमाडौं : २८ वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब २४ करोड ८९ लाख रुपैयाँ  नाफा वृद्धि गरेका छन्। २८ मध्ये दुई वटा बैंकले मात्रै गत वर्षको तुलनामा नाफा घटाए पनि २६ वाणिज्य बैंकले भने नाफा बढाएका छन्।

आर्थिक वर्ष २०७४/७५ मा ५२ अर्ब ३४ करोड २५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकोमा आर्थिक वर्ष २०७५/७६ मा २४ प्रतिशतको वृद्धिदर कायम गरी ६४ अर्ब ९८ करोड ७८ लाख ७४ हजार रुपैयाँ नाफा पुर्‍याएका हुन्।

राष्ट्रिय वाणिज्य र एनआइसी एसियाको प्रतिस्पर्धा

अघिल्लो आर्थिक वर्षको तुलानमा गरिको नाफा वृद्धिदरका आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैकको प्रगति देखिएको छ। यो बैंकले अघिल्लो आर्थिकव २०७४/७५ को तुलनामा २०७५/७६ मा एक अर्ब ७२ करोड रुपैयाँ बढी नाफा बढाएको छ। सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६६ करोड ९१ लख रुपैयाँ नाफा बढाएको छ।

तर, जम्मा नाफामा भने वाणिज्य बैंक अग्रस्थानमा रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले पाँच अर्ब ३२ करोड रुपैयाँ नाफा पुर्‍याउँदा एनआइसी एसियाको तीन अर्ब पाँच करोड रुपैयाँ नाफा रहेको छ। एनआइसीभन्दा अघि सरकारी स्वामित्व रहेको कृषि विकास बैंकले चार अर्ब ३५ रकोड रुपैयाँ नाफा कमाएको छ।

नाफा घटाउने दुई बैंक

२८ वाणिज्य बैंकमध्ये अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटाउनेमा दुई वटा वाणिज्य बैंक देखिएका छन्। जसमा सेन्चुरी बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच करोड १४ लाख ६१ हजार रुपैयाँ नाफा घटाएको छ।

यो बैंकले आर्थिक वर्ष २०७४/७५ मा ९१ करोड २८ लाख ३३ हजार रुपैयाँ नाफा कमाएकोमा आर्थिक वर्ष २०७५/७६ मा ८६ करोड आठ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ।

त्यस्तै, विदेशी साझेदारीको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नाफा घटाकए छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा २४ करोड ३७ लाख २० हजार रुपैयाँ नाफा घटाएको बैंकको अपरिस्कृत तथ्यांकले देखाएको छ।

यो बैंकले आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब ६५ करोड ९३ लाख २३ हरजार रुपैयाँ नाफा कमाएकोमा आर्थिक वर्ष २०७५/७६ मा तीन अर्ब ४१ करोड ५६ लाख तीन हजार रुपैयाँ नाफा कमाएको छ।

कुन बैंकले कति कमाए नाफा (रकम हजारमा)

बैंक नाम आर्थिक वर्ष २०७५/७६को नाफा आर्थिक वर्ष २०७४/७५को नाफा नाफा वा घाटा वृद्धिदर
कृषि विकास  ४३५३२४७ ३६५३५१९ ६९९७२८
बैंक अफ काठमाडौं १४८८४२४ १३२११८७ १६७,२३७
सेन्चुरी कमर्सियल बैंक ८६०८२२ ९१२८३३ -५१,४६१
सिटिजन बैंक १४८८४२४ १२३४१०३ २५४,३२०
एभरेष्ट बैंक ३०४६१०९ २५८१६८२ ४६४४२७
ग्लोबल आइएमइ २७९५२९४ २१०१३६३ ६९३,९३१
हिमालयन बैंक २८४७००६.८५ १८७६६१० ९७०३९६.८५
जनता बैंक १३४४९११ १००२७७९ ३४२,१३२
कुमारी बैंक १३३४०४६ १०४१८९२ २९२,१५४
लक्ष्मी बैंक १५७६००० ११८१०९१ ३९४९०९
माछापुच्छ्रे बैंक १७०३५७५ १२४९६८८ ४५३,८८६
मेगा बैंक १७१९२६९.०५ १३१७३५१ ४०१९१८.०५
नविल बैंक ४२९४१८१ ३९८१८९३ ३१२२८८
नेपाल बंगलादेश बैंक १६१९५१८.२६ ११४४०३५ ४७५४८३.२६
नेपाल बैंक १५२६८२४ १३४१५१६ १८५३०८
नेपाल इन्भेष्टमेन्ट बैंक ३४१५६०३ ३६५९३२३ -२४३७२०
एनएमबी बैंक २३१००५३ १८५३७९३ ४५६२६०
प्राइम बैंक २३६५३३४ १७२३२४६ ६४२०८८
प्रभु बैंक २०५०५६४ ९६७०३५ १०८३५२९
सानिमा बैंक २२४३३८९ १६९७५०३ ५४५८८६
एसबिआई बैंक २३०३६४४.३५ २०२३५११ २८०१३३.३५
सिद्धार्थ बैंक २३०८८५३.३१ १९०४०६१ ४०४७९२.३१
स्ट्याण्डर्ड चार्टर्ड बैंक २४९५३६० २१८९८९८ ३०५४६२
सनराइज बैंक १७०७०३७.६५ १४७६९७१ २३००६६.६५
सिभिल बैंक ८००००० ७०१२९१ ९८७०९
एनआइसी एशिया बैंक ३०५०००० १३३०००० १७२००००
राष्ट्रिय वाणिज्य बैंक ५३२८३७१.६६ ३६५९२६७.१७ १६६९१०४.४९
  ६२३७५८६१.१३ ४९१२७४४१.१७ १३२४८९६८.१८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.