|

काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाी युवाको संख्या घटिररहेको बेला काम खोज्द नेपाल आउने विदेशीको संख्या बढ्दै गएको छ।

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो भन्ने खबर कारोबार दैनिकमा छ। 

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६ सय ४३ रहेकोमा गत आर्थिक वर्षमा २ हजारको हाराहारीमा पुगेको छ। 
यस मध्ये पनि अघिल्लो आर्थिक वर्षमा १ हजार ३ नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो। यस्तै गत आवमा १ हजार ११९ नयाँलाई श्रम स्वीकृति दिइएकोमा ८६२ गैरनेपालीको श्रम स्वीकति नवीकरण गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.