|

दोहा :  कतारको शाहानियामा करिब तीन महिना देखि तलब सुबिधा नपाएका दुई कम्पनीका कामदारले गरेको शान्तिपूर्ण हड्ताल गरेपछि कतार सरकारको ध्यानाकर्षण भएको छ।

हड्ताल पछि गरिएको अनुसन्धानमा ती दुई कम्पनीको मालिकलाई पक्राउ गरेको कतारको पेनिन्सुला पत्रिका जनाएको छ। यसै महिनाको ६ तारिक कम्पनीहरुले मालिकसँगको सहमतिमा श्रमिक साहयता कोष मार्फत तलब भुक्तानी तथा कम्पनी फेर्न पाउने ब्यवस्था पनि गरेको छ।

त्यसका लागि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कामदारहरुसँग सहकार्य गरिरहेको जनाएको छ। यस अघि कतारको सम्वन्धी निकायका उच्च अधिकारीले श्रमिकहरुलाई उनीहरुले पाउनु पर्ने तलब दिलाउने र समस्या समाधान हुने आश्वासन दिएका थिए।  कम्पनीमा कार्यरत सयौं कामदारहरुले तलब नपाएको, तलब दिइए पनि समयमा नदिइएको भन्दै विरोध प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.