|

पोखरा : गोरखामा श्रीमान्ले धारिलो हतियारले हानेर श्रीमतीको हत्या गरेका छन्।

गोरखाको लक्ष्मीबजारमा याकुब परियारले श्रीमती पुजा परियारलाई धारीलो हतियारले हानेर हत्या गरेको गोरखा प्रहरीले जानकारी दिएको छ। ‘याकुब परियारले श्रीमती पुजाको हत्या गरेको हो।

हामी अनुसन्धानमै छौँ,’ गोरखाका एसपी ओमराज अधिकारीले जानकारी दिए। स्थानीयका अनुसार गएराति करिब १० बजेतिर श्रीमानलेखुर्पाले हानेर श्रीमतीको हत्या गरेका हुन्। हत्याको कारण नखुलेको एसपी अधिकारील बताए। मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.