|

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकामा नवजात शिशु मृत्युदर बर्सेनि  बढ्दै गएको छ। काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरुले गरेको अध्ययनअनुसार तीन वर्ष यता नवजात शिशु मृत्युदर बढ्दै गएको देखाएको हो।

नगरपालिकाको ११ वटैै वडामा पुगेर तथ्यांक संकलन गरिएको अध्ययनमा संलग्न अर्जुन हमालले बताए। उनले भने, ‘एक महिनासम्म नगरपालिकाको सबै वडामा पुगेर संकलन गरेको तथ्यांकले शिशु मृत्युदर बर्सेनि वृद्धि भइरहेको छ।’

अध्ययनअनुसार आर्थिक वर्ष २०७२÷७३ मा मातृशिशु मृत्युदर शून्य थियो। २०७४÷७५ मा प्रतिहजार दुई पुगेको छ। यो दर आर्थिक वर्ष २०७५÷७६ मा प्रतिहजार १२ पुगेको तथ्याङ्कले देखाएको छ। मातृशिशु मृत्युदरमा हुनुमा गरिबीलाई रहेका अध्ययनले देखाएको छ। 

२०७१ सालमा साविक बेनी, तामाखानी, सल्लेरी र गार्मा गाविस गाभेर दुधकुण्ड नगरपालिकाको स्थापना भएको थियो। यस्तै २०७३ सालमा तत्कालीन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिङ समाबेश भई सोलुदुधकुण्ड नगरपालिका बनेको थियो भने २०७४ फागुन १४ गतेको मन्त्रिपरिषद निर्णयबाट साविक तिङला गाविस समेत सोही नगरपालिकामा गाभिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.