|

लण्डन : निर्धारित समयभन्दा दुई घण्टा ढिला युद्धकवि काङमाङ नरेशले ‘गोजीमा कविता भेटे’ भन्ने उपेन्द्र सुब्बाको कविता लय बाचन गर्दै कार्यक्रमको विधिवत शुरुवात गरे ।

अन्य कार्यक्रम भन्दा भिन्नरुपमा सञ्चालित कार्यक्रममा कवि उपेन्द्र सुब्बालाई काङमाङ नरेशले मञ्चमा बोलाए । कवि शशी सुब्बा थापाले ‘फूलमाला’ र सामाजिक अभियान्त रामशरण सिम्खडाले लिम्बु संस्कृतिको पहिचान ‘सिलाम साक’ मा लगाइदिए ।

त्यसपछि कवि उपेन्द्र सुब्बाको ‘एकल कविता बाचन’ कार्यक्रम प्रारम्भ भयो । अनौपचारिक रुपमा शुरु भएको कार्यक्रममा उनकी बजुले केही दिन अगाडी ‘तिम्रो जस्तो अनुहार कसले हेर्न आउँछ र’ भन्ने रमाइलो प्रसंगदेखि सुुरु गरेर हँसाएपछि उपस्थित दर्शकहरुलाई धन्यवाद दिए ।

‘म अनुहार, व्यवहार र चिन्तनले पनि कविको लेनदेन नभएको मान्छे’ ठट्यौली प्रसंग गर्दै उनले भने ‘उनका गाउँले दाजु रणवीर दाजुले हाउ कान्छा तेरो व्यहोरा हेर्दा कतारमा जान्छस् जस्तो थियो, युके पो आइपुगेछस, धेरै भए मास्टर हुन्छस् जस्तो लागेको थियो’, भनेको सन्दर्भ हँस्यौली पारामा कोट्याए । ‘म मस्टर व्यहोराकै थिएँ’, उनले भने ‘किनभने गाउँका मास्टरहरु जाँड खाएर टिल्ल परेर पढ्, मात्रै भन्थे।’

उनले धेरै वर्ष अगाडी अरु जस्तै युके आउने रहर भएको कुरा पनि कोट्याए। उमेर छँदा छाती नपाएको कुरा बताए । आफ्ना साथी पे्रम सुवाङ, लक्ष्मी नेम्बाङ सम्झिए । ‘भर्ती हुने समयमा आफु र पे्रेम सुवाङ ज्यान परेको भए पनि सवैभन्दा सानो लक्ष्मी नेम्बाङ भर्ती भएर युके आए, म  धेरै पछाडी कवि भएर युके आएँ, हस्यौली पारामा भने ।

लामो ठट्यौली पछि कविता बाचन गर्न सुरसार कसे । आफुले कविता बाचन गर्नुभन्दा अगाडी बहिनी पर्ने सिर्जना सुब्बालाई ‘कसम’ कविता बाचन गर्न लगाए । सुब्बाले धेरै वर्ष अगाडी नेपाली स्रष्टा अम्बर गुरुङले भनेको कुरा सम्झिइन्, ‘प्रेमको कुरा युवाहरुको अनुभूतिमा मात्रै लेखियो, तर हैन प्रौढहरुको पनि फिलिङ्ग्स हुन्छ । तिमीहरु खाली चौतारीको मात्रै लेख्छौ, हाम्रो पनि लेख ।’

त्यति भनेपछि उनले ठिटो हुँदा बुढयौलीको अनुभुति गर्दै लेखेको कविता युवा अवस्थाकी सिर्जनालाई बाचन गर्न लगाएको प्रसंगलाई स्पष्ट पारे । त्यसपछि उनले आफ्ना ‘कृति’ कविता बाचन गरे ।

हलमा करिब डेढसय जना सुब्बाका कविता सुन्न उपस्थित थिए । शान्त बातारण घरी घरी कवि सुब्बाको ठटैयलीले अगष्ट १६ बेलुकी लण्डनको हेरो फुटवल क्लब हल नै हाँसोले गुज्यामान हुन्थ्यो ।

धेरै टाढा टाढाबाट कविता सुन्नका लागि आउनेहरु कोही बाटोमै थिए । कोही आउँदै थिए । कविता सुनाउँदै गर्दा सुब्बाले हाम्रो देश विकास भइरहेको छ । त्यसको जानकारी बेलायतमा बस्नेहरुले फेसबुकबाट जानकारी पाउँदै हुनुहुन्छ भनेर ठट्यौली तरिकाले व्यङ्ग्य गरे ।

नेपाली समुदाय पछिल्लो समय समाजिक सञ्जाल फेसबुकलाई मुुख्य सूचनाको स्रोत मानेर त्यसैमा रुमल्इिरहेको छ । फेसबुकमा आएका सूचनाहरु कति विश्वसनीय, आधिकारिक र भरोसायोग्य छन् भन्ने कुरा विदेशमा बस्नेहरुले नछुट्टायाएको भन्ने आशय उनको थियो । सुब्बाको कवितात्मक शैलीमा यो व्यङ्ग्यले बेलायतमा बस्ने नेपालीहरुले बुझे, बुझेनन् तर सबै सहभागी मजाले हाँसे ।

यति भनिसकेपछि कवि सुब्बाले अर्का कवि फडिन्द्र भट्टराईलाई आफ्ना कविता बाचन गर्न अनुरोध गरे । फडिन्द्र भट्टराई सुब्बाको अनुरोध स्वीकार गर्दैै कविता बाचन गर्न उक्लिए ।

उनले कविता बाचन कार्यक्रममा भर्खरै युवा अवस्था हुदाँदेखि अहिलेसम्म लेखेका डेढ दर्जन कविता क्रमैसँग सुनाए । वीच वीचमा अन्य स्रष्टाहरुलाई पनि कविता बाचन गर्न लगाए ।

कविता बाचनको वीचमा सुब्बाले केही वर्षअघि मलेसियमा कविता बाचन गर्न गएको कुरा सुनाए । मलेसियामा कविता बाचन कार्यक्रम गर्दा हलमा एकजना पनि महिला थिएनन् । त्यसैले जे भने पनि भयो । त्यस्तो अवस्थामा आफुलाई खुब खुल्ला महशुस हुने कुरा हँस्यौली गरे । ‘एकजना महिला हुनुहुन्थ्यो, तर नेपाली नबुझने, झन् सजिलो भयो’, उनले भने, ‘सात तले भवनको सिरानमा कार्यक्रम हल थियो । तर म भने लिफ्टमुनि अरुसँग फोटो खिच्न व्यस्त भएँ । त्यसपछि एकजना आयोजक आएर कहाँ यहाँ फोटो खिचेको, फोटो खिचेपछि कार्यक्रममा नै आउँदैनन्, यसरी त  फर्किहाल्छन् भनेर हप्काए।’

कविता सुन्ने भन्दा  ‘झाँक्री बा’ सँग फोटो खिचेर फेसबुकमा हाल्न धेरै आतुर थिए । पछिल्लो समय उपेन्द्र सुब्बालाई कवि लेखक भन्दा पनि नेपाली फिल्म कवड्डीको ‘झाँक्री बा’ भनेर आम सर्वसाधारणले चिन्ने गरेका छन । ‘झाँक्री बा’ ले गर्दा नै धेरै विदेश घुम्न पाएको प्रसंगलाई उनले कोटाए ।

उपेन्द्र सुब्बा कविता लेखेर नै नेपाली साहित्यमा छिरेका हुन्। उनका धेरै कविता सङग्रहहरु छन । ‘खोलको गीत’ कविता सङग्रह उनका लेखनकलाको मानक कृति हो, भने ‘लाटो पहाड’ कथा सङग्रहमार्फत् लेखनमा बहुविधाको आयामलाई परिचित गराएका छन् । लाटो पहाडबाट पद्यमश्री पुरस्कार पाइसकेका छन्।

उपेन्द्र सुब्बाको लेखनमा सरलता छ । मानवीय अनुभुतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामथ्र्यका कारण आम पाठकवीच उनी प्रिय बनेका
छन् । उनले लेखेका कृति सरल छन् । त्यसैले सबैलाई बुझ्न पनि सहज छ ।

कविता वाचनका क्रममा उनको कवितामा गहन अर्थबोध त छँदै थियो। उनको ठटयौलीबाट पनि त्यतिकै गहन अर्थ लगाउन सकिन्थ्यो । नेपालका पूर्वीक्षेत्रका आदीवासी जनजाति र लिम्बु समा, मुन्धुमी संस्कृति नै उनका लेखनको मुख्य आधार हो ।

मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्न उनको विशेषतालाई धेरैले मन पराउँछन् । उनको कविता बाचनमा आदिवासी जनजाति मात्रै होइन, अन्य जातजातीहरुको पनि बाक्लो उपस्थिती थियो । यसले सुब्बा लेखनबाट आमपाठक वर्गमा प्रिय बन्न सकेका छन् भन्ने देखाउँछ।

सिलिचुङ साप्ताहिक नेपाली पत्रिकाको आयोजनामा भएको सुब्बाको एकल कविता बाचन कार्यक्रमको अन्त्यसम्म पनि कविता सुन्न सर्वसाधारण आएका थिए ।

उनको यो कविता बाचन कार्यक्रम धेरैले मन पराए । धेरैले आफ्ना पुराना कुरा सम्झिए । उपेन्द्र सुब्बाका त्यस्ता कृतिहरु छन् जसले नेपाली समाजका कुरालाई टपक्कै टिपेर ठेट शब्दमा खिपेका छन् । त्यसैले उपेन्द्र सुब्बा सबैको प्रिय बनेका हुन् । बेलायतको व्यस्त जीवन छलेर भएपनि सुब्बाका कविता सुन्न धेरै जना आएका थिए । उनका चर्चित कविता भेडेटारको पिक्निक, साल्दीज्यू लगायत सुनेर धेरै दर्शक हाँसेका थिए ।

कविता बाचनको वीचमा सुब्बाले केही वर्षअघि मलेसियमा कविता बाचन गर्न गएको कुरा सुनाए । मलेसियामा कविता बाचन कार्यक्रम गर्दा हलमा एकजना पनि महिला थिएनन् । त्यसैले जे भने पनि भयो । त्यस्तो अवस्थामा आफुलाई खुब खुल्ला महशुस हुने कुरा हँस्यौली गरे । ‘एकजना महिला हुनुहुन्थ्यो, तर नेपाली नबुझने, झन् सजिलो भयो’, उनले भने, ‘सात तले भवनको सिरानमा कार्यक्रम हल थियो । तर म भने लिफ्टमुनि अरुसँग फोटो खिच्न व्यस्त भएँ । त्यसपछि एकजना आयोजक आएर कहाँ यहाँ फोटो खिचेको, फोटो खिचेपछि कार्यक्रममा नै आउँदैनन्, यसरी त  फर्किहाल्छन् भनेर हप्काए।’

कविता सुन्ने भन्दा  ‘झाँक्री बा’ सँग फोटो खिचेर फेसबुकमा हाल्न धेरै आतुर थिए । पछिल्लो समय उपेन्द्र सुब्बालाई कवि लेखक भन्दा पनि नेपाली फिल्म कवड्डीको ‘झाँक्री बा’ भनेर आम सर्वसाधारणले चिन्ने गरेका छन । ‘झाँक्री बा’ ले गर्दा नै धेरै विदेश घुम्न पाएको प्रसंगलाई उनले कोटाए ।

उपेन्द्र सुब्बा कविता लेखेर नै नेपाली साहित्यमा छिरेका हुन्। उनका धेरै कविता सङग्रहहरु छन । ‘खोलको गीत’ कविता सङग्रह उनका लेखनकलाको मानक कृति हो, भने ‘लाटो पहाड’ कथा सङग्रहमार्फत् लेखनमा बहुविधाको आयामलाई परिचित गराएका छन् । लाटो पहाडबाट पद्यमश्री पुरस्कार पाइसकेका छन्।

उपेन्द्र सुब्बाको लेखनमा सरलता छ । मानवीय अनुभुतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामथ्र्यका कारण आम पाठकवीच उनी प्रिय बनेका
छन् । उनले लेखेका कृति सरल छन् । त्यसैले सबैलाई बुझ्न पनि सहज छ ।

कविता वाचनका क्रममा उनको कवितामा गहन अर्थबोध त छँदै थियो। उनको ठटयौलीबाट पनि त्यतिकै गहन अर्थ लगाउन सकिन्थ्यो । नेपालका पूर्वीक्षेत्रका आदीवासी जनजाति र लिम्बु समा, मुन्धुमी संस्कृति नै उनका लेखनको मुख्य आधार हो । मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्न उनको विशेषतालाई धेरैले मन पराउँछन् । उनको कविता बाचनमा आदिवासी जनजाति मात्रै होइन, अन्य जातजातीहरुको पनि बाक्लो उपस्थिती थियो । यसले सुब्बा लेखनबाट आमपाठक वर्गमा प्रिय बन्न सकेका छन् भन्ने देखाउँछ।

सिलिचुङ साप्ताहिक नेपाली पत्रिकाको आयोजनामा भएको सुब्बाको एकल कविता बाचन कार्यक्रमको अन्त्यसम्म पनि कविता सुन्न सर्वसाधारण आएका थिए ।

उनको यो कविता बाचन कार्यक्रम धेरैले मन पराए । धेरैले आफ्ना पुराना कुरा सम्झिए । उपेन्द्र सुब्बाका त्यस्ता कृतिहरु छन् जसले नेपाली समाजका कुरालाई टपक्कै टिपेर ठेट शब्दमा खिपेका छन् । त्यसैले उपेन्द्र सुब्बा सबैको प्रिय बनेका हुन् । बेलायतको व्यस्त जीवन छलेर भएपनि सुब्बाका कविता सुन्न धेरै जना आएका थिए । उनका चर्चित कविता भेडेटारको पिक्निक, साल्दीज्यू लगायत सुनेर धेरै दर्शक हाँसेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.