|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन्। उनले अहिले नयाँ प्रणालीको अभ्यास भइरहेको बताउँदै यसमा पुरानो प्रणालीका पक्षधर पनि अटाएका उल्लेख गरे।

‘पुरानो प्रणलाीका पक्षधरले पनि नयाँ प्रणालीमा खुलेआम गतिविधि गर्न पाउँछन्’, उनले भने, ‘यो सुन्दर प्रणालीमा राम्रो अभ्यास नहुँदै यसलाई कमजोर बनाउने तत्व पनि छन्। जसको पछि चर्चा हुनेछ।’ 

प्रम ओलीले संविधान निर्माण र कार्यान्वयले पूर्णता पाएको बताए। बाँकी कानुन पनि यस संसदले बनाइसक्ने उनले उल्लेख गरे। ‘केही कानुन निर्माण गरिसक्नुपर्नेछ, कानुन निर्माणमा अल्झिनु हुँदैन’, उनले भने, ‘कानुन कार्यान्वयनमा विलम्व हुँदा प्रतिफल जनताले पाउँदैनन्।’ 

बाँकी केही जरुरी कानुनहरु यसै अधिवेशनबाट टुंगो लगाउनुपर्ने उनले बताए। ‘अबको ध्यान सुशासन र विकास हो, हामी सबैको साझा राष्ट्रिय आकांक्षा हो’, ओलीले भने, ‘सम्पनता हाँसिल गर्ने कुरामाm शान्ति सुरक्षा कायम गर्ने कुरामा सरकार दृढ छ। 

लाइभ भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.