|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ मा रहेको घटाल थान परिसरमा बृहत् वृक्षारोपण गरिएको छ। ‘दीर्घजिवी बनौँ, बोटविरुवा रोपौं’ भन्ने मूल ध्येयका साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत घटाल बाबा मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजना र अमरगढी नगरपालिका वडा नं. ३ को विशेष सहयोगमा विभिन्न प्रजातिका ३ सय बोट विरुवाहरु रोपिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। साथै मन्दिर परिसरमा सरसफाई समेत गरिएको उनले बताए।

घटालथान सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येको एक हो। हिन्दु धर्मावलम्बीहरूका लागि घटालथान आस्थाको धरोहरका रुपमा रहेको छ भने अरूहरूलाई मनमोहक दृष्यावलोकन गर्ने तथा ऐतिहासिक अध्ययनस्थलका रुपमा रहेको छ। घटालथाल पर्यटकीय दृष्टिकोणले पनि संभावना बोकेको क्षेत्र हो। घटालथान बाबा मन्दिर बुढीघटालका नामले पनि प्रसिद्ध यसलाई यस क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रुपमा लिइन्छ।

वृक्षारोपण कार्यक्रममा अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, डीएसपी दधिराम न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अशोक राज भट्ट, अमरगढी नगरपालिकाका वडा नं. २ का वडाध्यक्ष मनोरथ खडायत, ३ नं वडाका वडाध्यक्ष गोविन्दराज बोहरा, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, घटाल स्टार युवा क्लवका पदाधिकारी, घटाल माविका शिक्षक, विद्यार्थीहरुलगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.