|

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले संसदमा प्रवेश पाएको छ। पुडासैनीले साउन २१ गते चितवनमा आत्महत्या गरेपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको प्रसंग निकाल्दै सांसद महेश्वरजंग गहतराजले दोषी जोकोही भए कारबाही हुनुपर्ने बताए । 

‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्यको घटनालाई लिएर रवि लामिछानेसहित पक्राउ परेपछि हुलहुज्जत गर्ने काम भइरहेको छ’, उनले भने, ‘अनुसन्धान गर्ने र दोषी प्रमाणित गर्ने काम प्रहरीको हो। यसविरुद्धको होहल्ला या हुलदंगा गलत काम हो।’

उनले रविलाई चोखो भन्दै गरिएको आन्दोलनबारे पनि सरकारको ध्यानाकर्षण गराए। ‘मेरो मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भनेर नाराबाजी गर्नु गलत हो’, उनले भने, ‘यसतर्फ गम्भीर ध्यान जाओस्। आफ्ना मान्छेलाई चोखो र अरुलाई अपराधी देख्नु यो ठीक भएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.