|

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ। नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिकोले आइतबार गेटाफेलाई संघर्षपुर्ण रुपमा १–० ले पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि २३ औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । क्लबका बलिया खेलाडी एन्टोनी ग्रिजम्यान बार्सिलोना गएपछि यो पटक उसको प्रदर्शन कस्तो होला भन्ने चासो रहेको छ।

आइतबार रातिको खेलमा मारोटाको गोलपछि केही समयमा दुवै टिम १० खेलाडीमा सीमित भए। थोमस पार्टीसँगको ट्याकलका लागि जोर्गे मोलिनाले सुरुमा पहेँलो कार्ड पाएका थिए। तर भिएआरबाट रिभ्यू गरिएपछि उनले रातो कार्ड पाए। त्यसको ६ मिनेटपछि एथ्लेटिकोका रिनान लोडी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

खेलको ५५ औँ मिनेटमा युवा स्टार खेलाडी जोआओ फेलिक्सले उत्कृष्ट प्रदर्शन गरे। उनले आकर्षक तरिकाल्े बलमा नियन्त्रण कायम गर्दै महत्वपुर्ण आक्रमणहरु गरे।स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति नै भएका खेलमा एलाभेसले लेभान्टेलाई १–० तथा सेभिल्लाले स्पानियोललाई २–० ले पराजित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.