कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव बढेपछि सोमवार विहानै देखि वनवसा पुलमा चार पांग्रे सवारी सञ्चालनमा रोक लगाईएको छ।
जिल्ला आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार दिउसो १० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख २७ हजार ६७२ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुल मा चार पांग्रे सवारी साधान सञ्चालनमा रोक लगाईने गरेको छ।
भारत तर्फ जाने नहर सफा गर्नका लागि पानी नदीमा छोडदा पानीको बहाव बढेको बताईएको छ। पुलमा पैदल यात्रु साईकल र मोटरसाईकल चालकका लागि भने सञ्चालन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।