पुन: प्रत्यारोपण प्राय: जोखिमपूर्ण हुने चिकित्सकको भनाइ

|

काठमाडौं : पुन स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पुन: सिंगापुर जान लागेका छन्। यसअघि १० दिन लामो उपचार गरेर स्वदेश फर्केका  प्रधानमन्त्री ओली पुन सिंगापुर जान लागेका हुन्।

यसपटक पनि यसअघि उपचार गरिएको नेशनल युनिभर्सिटि अस्पताल सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार हुने बताइएको छ।

यो अस्पताल विश्वमै अंग प्रत्यारोपण गर्न र प्रत्यारोपण  गरेका बिरामीको उपचारका लागि प्रख्यात मानिन्छ। यसअघि, प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य परिक्षणका लागि सिंगापुर गएका थिए। साउन १९ देखि एकसाता उनी अस्पतालमै रहेका थिए। पूर्वनिर्धारित समयभन्दा एक दिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए।

१२ वर्षअघि मिर्गौलामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक महिनायता लगातार समस्या देखिइरहेको छ। पछिल्लो समय स्वास्थ्यमा समस्या झेलिरहेका प्रधानमन्त्री ओलीको लगातार रगतमा क्रेटिनाइन र प्रोटिन बढी रहेको चिकित्सकहरूले बताउँदै आएका छन्।

केही समय अगाडि काठमाडौंमै परीक्षण गर्दा रगतमा प्रोटिन र क्रियाटिन बढेपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो। सिंगापुरको हस्पिटलमा गरिएको परीक्षणपछि खाइएको औषधिले पनि प्रोटिन क्रेटिनाइनको मात्रा घट्न नसकेर झन् बढेको र जसले गर्दा उनलाई प्रत्यारोपण गरिएको मिर्गौलामा क्रमिक असर पुग्ने आशंकाले पुन: परीक्षण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरूले बताएका छन् ।

रगतमा क्रेटिनाइन र प्रोटिन बढी रहेको मिर्गौलामा के असर गर्छ?

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ चिकित्सक डा पुकारचन्द्र श्रेष्ठकाअनुसार शरीरमा रगतमा क्रेटिनाइन र प्रोटिन  बढ्नु  मिर्गौलाले काम गर्न छोड्दै गएको संकेत हुनसक्छ। स्वस्थ मानिसमा पनि रगतमा प्रोटिन र क्रेटिनाइन बढ्नु भनेको मिर्गौलामा समस्या आउनु हो।  मानिसको शरीरमा रहेको रगतमा ०.७ देखि १.४ सम्म रहेको क्रेटिनाइन सामान्य मानिन्छ तर २.२ भन्दामाथि प्रोटिन र क्रेटिनाइन पुगे मिर्गौलामा समस्या छ भनेर बुझ्नुपर्ने उनको भनाइ छ।  

उनले भने, ‘प्रत्यारोपण गरेका व्यक्तिको रगतमा क्रेटिनाइन र प्रोटिन बढ्दै गयो भने प्रत्यारोपण गरेको मिर्गौलामा असर भएको  बुझिन्छ,प्राय प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्षपछि यस्ता समस्या आउँछन्। जसलाई नियमित परीक्षण खानपान र व्यायामका माध्यमबाट सहज पार्ने गरिन्छ।'

पुन: प्रत्यारोपणको विकल्प 

एकपटक मिर्गौला प्रत्यारोपण गरेपछि पुन समस्या आए पुन: प्रत्यारोपण गर्नुको विकल्प नरहेको समेत डा पुकारले बताए। उनले भने, ‘मान्छेको जीवनशैली खानपान अनुसार प्रत्यारोपण गरेपछि ढिलो चाँडो प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोड्छ। त्यसपछि अर्को विकल्प भनेको पुन प्रत्यारोपण गर्नु नै हो।

यद्यपि, यस्तो विकल्प पहिलेको तुलनामा दोस्रो प्रत्यारोपण स्वाभाविक रूपले बढी जोखिमपूर्ण मानिन्छ। त्यसैले हामीले जन्मजात पाएको मिर्गौलाको सुरक्षा गर्नु उत्तम हुन्छ भने एकपटक प्रत्यारोपण गरेका व्यक्तिले बढी मात्रामा स्वास्थ्यको ख्याल राख्नुपर्ने डाक्टरको सल्लाह छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.