वडाअध्यक्ष भन्छन् : हतियारै ताकेर मोसो दले

|
फाइल फोटो

म्याग्दी : जनैपूर्णिमाको बिहानै बेनी नगरपालिका–२ ज्यामरुकोटका वडाअध्यक्ष हिराबहादुर थापा कार्यालय पुगे। उनी कार्यालय पुग्नेबित्तिकै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कार्यकक्षमै  आधुनिक हतियारसहित प्रवेश गरे। 

कार्यालयमा काम गरिरहेको अवस्थामा चारजनाको टोली प्रवेश गरी दुब्र्यवहार गर्नुअघि गोली भरिएको हतियार ‘कक’ गरे।

मोसो र चप्पलको माला लिएर गएका विप्लवका कार्यकर्ताले हतियार देखाएर तीन मिनेटमै बाहिरिएको वडाअध्यक्ष थापाले पत्रकार सम्मेलनमा बताए। ‘उनीहरूको हातमा आधुनिक हतियार थियो, उनले भने, ‘पूर्वयोजना अनुसार नै आएको देखियो ।’ 

थापासँगै वडा कार्यालय आसपासका बासिन्दाले पनि हातमा आधुनिक हतियार बोकेर मास्क लगाएका फर्किरहेका मानिस देखेको बताएका छन् । पेस्तोल ठूलो हतियार देखेका उनीहरुले पहिचान गर्न सकेनन्। 

वडा अध्यक्ष र स्थानीयको भनाई अनुसार विप्लवका नेताकार्यकर्ताहरू हतियारसहित देखिएको पुष्टि हुन्छ। हतियार देखाउने क्रममा अध्यक्ष थापासँग एक सेवाग्राहीसमेत थिए । 

हतियार देखाएरै आक्रमण गरेको थापाको भनाईले माओवादीको सशस्त्र युद्धमा जस्तै ग्रामिण क्षेत्रमा विप्लवका कार्यकर्ता हतियासहित हिँड्न थाले पुष्टि हुन्छ। यसलाई स्थानीयले विप्लवको युद्धको तयारी बुझेका छन्। माओवादीको सशस्त्र जनयुद्धमा म्याग्दी पनिअति प्रभावित जिल्ला हो । 

स्थानीय तहको निर्वाचनपछि पहिलोपटक जननिर्वाचित वडाअध्यक्षलाई दुब्र्यवहार गरेको घटनासँगै हतियार जोडिएपछि विप्लव सशस्त्र संघर्षको तयारीमा रहेको भन्दै स्थानीय त्रसित छन्। 

म्याग्दीमा विप्लवका कार्यकर्ता बन्दुक नै लिएर दिउँसै घुमिरहेको घटनाप्रति सुरक्षा अधिकारीले पनि चासो देखाएका छन् । एसएलआर, थ्री नट थ्री, चाइनिज पेस्तोलसहितका हतियार उनीहरुसँग भएको अनुमान छ। 

विष्फोटक पर्दाथमका प्रयोग हुने बारुद, विभिन्न तार तथा फलामका नट प्रयोग गरे पनि आधुनिक हतियारसहितका कार्यकर्ता म्याग्दीमा नभएको सुरक्षा निकायको भनाई छ । प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जिल्लाभित्र विप्लवका सक्रिय नेता नभएकाले कार्यकतासँग हतियार भएको विश्वास गर्न नसकिने बताए ।

‘हतियारजस्तै बनाएर आउँछन्, उनीहरुले हतियार भने पनि हल्लामात्रै हुनसक्छ’, प्रनाउ मरासिनीले भने । नक्कली बन्दुक कक गरेरसमेत त्रसित बनाउन सक्ने बताए।

खेलाउन बन्दुकलाई कक गर्दा आवाजसमेत आउने गरेको छ । बेनी नगरपालिका–२ मा हतियार प्रयोग गरिएकोबारे जनप्रतिनिधिले नै जानकारी दिएकाले अनुसन्धानकै क्रममा रहेको बताए ।

गत साउन ५ गते म्याग्दीका दुई ठूला नेतालाई तत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यसँग समेत हतियार नभएकाले कार्यकर्तासँग हतियार भएको हल्ला मात्रै हुनसक्ने बताए।

उनले म्याग्दीकै प्रमुख नेतासँग हतियार नभेटिएको अवस्थामा कार्यकर्ताले हतियार प्रयोग गर्ने हल्लालाई सत्य मान्न नसकिने बताए। 

उनले दुई चारजना कार्यकर्ता हिँड्ने अवस्थामा ठूला हतियार बोक्न सम्भव नभएको बताए । हाल भूमिगत रहेका नेताकार्यकर्ताहरुमा जनसेनाबाटै आएका पनि संलग्न भएकाले हतियार बोकेको हुनसक्ने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.