|

बुटवलः सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा बुटवल–बेलहीया सडक खण्डमा सडक डिभाइडरमा राखिएका बुद्धमूर्ति तोडफोड गर्नेलाई पक्राउ गर्न नसकेको भन्दै बिरोधमा सडकमा नै सुतेर प्रदर्शन गरिएको छ।

गत साउन २ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ब्यापारिक मार्गको डिभाइडरमा राखिएका ४ वटा मूर्तिहरू क्षतविक्षत पारिएको थियो। उक्त घटनामा कसैको संलग्नता खुल्न आएको छैन। 

सोमबार घटनाका दोषीलाई पक्राउ गर्न नसकेको बिरोधमा जनमुक्ति पार्टीका नेता तथा कार्यकर्ताले सडकमा नै लम्पसार परेर प्रदर्शन गरेका हुन्। विरोेध गर्दै उनीहरूले एक महिना बितिसक्दा समेत दोषी पत्ता लगाउनेतर्फ सरकारले बेवास्ता गरेको आरोप लगाए। 

विरोधका कारण अपरान्ह केहीबेर सिद्धार्थ राजमार्गको तिलोत्तमा खण्डमा सवारी आवागमनमा व्यवधान सिर्जना भएको थियो।

 गत बैशाख १ गते प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लीला गिरीले उक्त बुद्धमूर्ति अनावरण गरेका थिए। शंकरनगर चोकदेखि नयाँ मिल सम्मको सडक खण्डमा पर्ने ४ वटा मूर्ति क्षतबिक्षत हुने गरी फुटाइएको थियो।

प्रहरीले खोजी कार्य तिब्र पारेको जानकारी दिए पनि अहिलेसम्म उक्त घटनामा कसैको संलग्नता खुल्न आएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.