|

भद्रपुर : कचनकवल गाउँपालिकाले एक विद्यालय, एक संकायको निर्णय फिर्ताबाट पछि हटेका छन्। अनेरास्ववियु, नेवि संघ र अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संघठनले तालाबन्दीदेखि शैक्षिक हडतालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै गाउँपालिका आफ्नो निर्णय सच्याउँदै पछि हटेका हुन। 

गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सोमबार जनप्रतिनिधि, शिक्षक र संयुक्त विद्यार्थी संगठनको उपस्थितिमा भएको संयुक्त बैठकमा एक विद्यालय, एक संकायको विषयमाथि छलफल गर्दै गाउँपालिकाले सो निर्णय फिर्ता लिएको हो। 

गाउँपालिकाले एक विद्यालय, एक संकायको विषयमा गत असार १७ गते गरेको निर्णयलाई सच्याउँदै गाउँपालिकाभित्र कक्षा ११ र १२ पढाई हुने विद्यालयमा यथावत् संकायहरू पढाउने विषयमा सहमति भएको नेवि संघ कचनकवल सभापति सागर राजवंशीले जानकारी दिए। 

साथै गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा कक्षा १२ सम्म सबै विद्यार्थी र छात्रालाई क्याम्पस तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको कार्यक्रमलाई प्रभावकारी बनाउन संयुक्त विद्यार्थी संगठन लागि पर्ने अनेरास्ववियु जिल्ला सचिव रोशन लामाले जानकारी दिए। 

गाउँपालिकाको निर्णय अनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन संकाय, पथरिया माविमा व्यवस्थापन संकाय, अंग्रेजी माध्यममा र लक्ष्मीप्रसाद देवकोटा माविमा व्यवस्थापन संकाय अंग्रेजी माध्यममा मात्र पढाउनु पर्ने बाध्यकारी निर्णयविरुद्ध संयुक्त विद्यार्थी स‌गठन आन्दोलित बनेका थिए।

गाउँपालिकामा रहेका तीन वटा मावि तहका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा करिब सातसय विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.