|

चितवन : भरतपुर महानगरपालिका ३ नारायणगढ लायन्सचोकमा रहेको चितवन मोवाइल हाउसमा आगलागी भएको छ। आगालागीबाट पसलमा रहेको सम्पूर्ण मोवाइल, चार्जर लगायतका सामान जलेर जष्ट भएको छ। 

पसलका सञ्चालक गोविन्द भट्टराईले आगलागीबाट ६० लाख बराबरको क्षति भएको बताए। आगलागी के कारणले भएको भन्नेबारे पत्ता नलागे पनि विद्युत सट भएर भएको हुनसक्ने उनको अनुमान छ। 

आइतबार राति ९ बजेबाट लागेको आगो भरतपुर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा १ घण्टा लगाएर नियन्त्रणमा लिइएको थियो। क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पसल सञ्चालक गोविन्दका अनुसार उनको पसलमा यसअघि ३ महिना पहिले चोरी पनि भएको थियो। प्रहरीको विटसँगै टासिएको उनको पसलमा चोरी गर्ने पत्ता लाग्न नपाउदै आगलागी भएको दुखेसो पोखेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.